काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा सन्दिपा अधिकारी नियुक्त भएकी छन् । साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको ३५१ औं बैठकले अधिकारीलाई रिक्त रहेको सञ्चालक पदमा बाँकी अवधिका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालक नियुक्त भएकी हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।