काठमाण्डौ । सोमबार स्थानिय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ९६ हजार ५ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य ३४ सय रुपैयाँले बढेको थियो ।
यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २५५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।