काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को आधिकारिक वेबसाइट एक घण्टादेखि सञ्चालनमा आउन सकेको छैन । आजको कारोबार बन्द भएपछि केही बेर चलेको नेप्सेका वेबसाइट करिब ५ मिनेटपछि बन्द भएको थियो ।
यसले कारोबार बन्द भइसकेपछि लगानीकर्ताहरुले बजारको अपडेट पाउनबाट बञ्चित भएका छन् । नेप्सेको टिएमएस सिस्टममा बेलाबखत समस्या भोगेका लगानीकर्ताहरुले आज नेप्सेको आधिकारिक वेबसाइटमै समस्या देखिएपछि अपडेट पाउनबाट बञ्चित भएका छन् ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यस विषयमा अध्ययन गरिरहेको जानकारी दिए । साथै केही समयममा नै नेप्सेको वेबसाइट चल्ने पनि उनले जानकारी दिए ।