काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । मंगलबारको कारोबारमा सुनको मूल्य बढेसँगै नयाँ रेकर्ड बनेको हो ।
आज अघिल्लो दिनको तुलनामा सुनको भाउ १९ सय रुपैयाँले महङ्गिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य गत वैशाख ९ गते प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २८० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।