सोमबार, श्रावण १८,२०८३ 03:42:22
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:42:22
Bizshala
Global IME Bank Limited

एप्पलले अमेरिकामा थप १०० बिलियन डलर लगानी गर्ने

एप्पलले अमेरिकामा थप १०० बिलियन डलर लगानी गर्ने
New Office

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले अमेरिकामा थप १०० बिलियन डलर लगानी गर्ने भएको छ । अमोरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे जानकारी दिएका हुन् ।  

यससँगै एप्पलको घरेलु लगानी ६ सय बिलियन डलर पुगेको छ । कम्पनीले यो लगानी आगमी ४ वर्षभित्र गरिसक्ने योजना बनाएको छ ।  

यसअघि कम्पनीले अमेरिकामा ५ सय बिलियन डलर लगानी गर्नुका साथै २० हजार जनालाई रोजगारी प्रदान गर्ने घोषणा गरेको थियो । ट्रम्पले एप्पल जस्ता ठूला कम्पनीहरु अब स्वदेशमै उत्पादन गर्न केन्द्रीत भईरहेको भन्दै खुसी व्यक्त गरे ।  

ह्वाइट हाउसमा ट्रम्पसंगको भेटमा एप्पलका सीईओ टिम कुकले अगस्ट ६ मा  ट्रम्पलाई २४ क्यारेट सुनमा आधारित विशेष उपहार दिएका  छन् । कुकले एप्पलको अमेरिकन म्यान्युफ्याक्चरिङ प्रोग्रामको विस्तारको उत्सव मनाउन यो उपहार दिएका हुन्।  

एप्पलले पछिल्लो समय एशियाली बजारमा आफ्नो उत्पादन केन्द्रित गरिरहेको छ । कम्पनीले चीन भारत, भियतनाम थाइल्याण्ज जस्ता देशहरुमा आईफोन उत्पादन बढाईरहेको छ । राजनीतिक दबाबका कारण कम्पनीले अमेरिकामा लगानी गर्ने घोषणा गरेतापनि यसले जनशक्तिको ज्याला र विश्व आपूर्ति श्रृंखलामा कठिनाई जस्ता विषयले यसमा समस्या उत्पन्न हुन सक्ने बताउछन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.