सोमबार, श्रावण १८,२०८३ 04:53:58
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:53:58
Bizshala
Global IME Bank Limited

हिमालयन बैंकको नाफामा २२% को सुधार, कस्तो छ समग्र वित्तीय अवस्था ?

हिमालयन बैंकको नाफामा २२% को सुधार, कस्तो छ समग्र वित्तीय अवस्था ?
New Office

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा १ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२.१४ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवको सोही अवधिसम्म १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  

बैंकको खुद ब्याज आम्दानी भने ९.९९ प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ११ अर्ब ६१ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर १० अर्ब ४५ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने १०.८६ प्रतिशतले बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ७ अर्ब ८७ करोडबाट बढेर १० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब ८८ करोडबाट बढेर ५ अर्ब ४३ करोड पुगेको छ ।  

चौथो त्रैमाससम्म बैंकको रिटेन्ड अर्निङ ७ अर्ब १० करोड रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भको आकार २३ अर्ब ३५ करोड रुपैयाँ धनात्मक रहेको छ ।  

बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढाएको छ । बैंकको निक्षेप संकलन २ खर्ब ९३ अर्बबाट बढेर ३ खर्ब ९ अर्ब पुगेको छ। यस्तै कर्जा प्रवाह पनि २ खर्ब ३० अर्ब रुपैयाँबाट बढेर २ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ । अघिल्लो आवमा इम्पेयरमेन्ट चार्जका लागि ५ अर्ब २६ करोड रुपैयाँ छुट्टाएको कम्पनीले समीक्षा अवधिसम्म भने १ अर्ब ५३ करोड रुपैयाँ छुट्टाएको छ ।  

चौथो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँले ऋणात्मक रहेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस)भने ५.७२ रुपैयाँबाट बढेर ६.९८ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७५.०७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७२२.०९ रुपैयाँ र तरलता अनुपात ३० प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.