काठमाण्डौ । घरेलु बजारमा सुनको ओरालो यात्रा आजपनि जार्री रहेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । यससँगै सुनको मूल्य लगातार ४ दिन घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा भईरहेको जनाएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य १३ सय रुपैयाँले घटेको थियो । उक्त दिन एक तोला सुनको मूल्य १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३२५ रुपैयाँ कायम भएको छ ।