सोमबार, श्रावण १८,२०८३ 03:40:33
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:40:33
Bizshala
Global IME Bank Limited

४१% ले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमता समेत वृद्धि

४१% ले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमता समेत वृद्धि
New Office

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार आम्दानी घटेतापनि बैंकको खुद नाफा बढेको छ । ।  

बैंकले चौथो त्रैसमासम्ममा ४ अर्ब १६ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४०.९७ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

बैंकको खुद ब्याज आम्दानी भने ७.९९ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड रुपैयाँमा सीमित बनेको छ । बेंकको खुद शुल्क तथा कमिशन आम्दानी भने १ अर्ब ९ड करोड रुपैयाँबाट बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी १३ अर्ब ५० करोड र सञ्चालन मुनाफा ६ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।  

३ अर्ब रुपैयाँबराबरको रिटेन्ड अर्निङ भएको बैंकको रिजर्भमा १८ अर्ब ८ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप संकलन ३ खर्ब २८ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। यस्तै बैंकले कर्जा विस्तारलाई पनि २ खर्ब ४७ अर्बबाट बढाएर २ खर्ब ७५ अर्ब रुपैयाँ पुर्याएको छ ।  

चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख रुपैयाँ र लाभांश क्षमता १२.३४ प्रतिशत रहेको छ । अघिल्लो आवमा भने बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २४ करोड रुपैयाँ र लाभांश क्षमता ५.३६ प्रतिशत थियो । बैंकको खराब कर्जा अनुपात केही घटेको छ । खराब कर्जा अनुपात ४.६३ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा झरेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १६.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८६.६३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.१२ गुणा र तरलता अनुपात ३१.३५ प्रतिशत रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.