काठमाण्डौ । दुई साताकै न्यून स्तरमा पुगेको सुनको मूल्य आज बढेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.४५ प्रतिशत अर्थात १५ डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३५१ डलर कायम भएको छ । अमेरिकी ट्रेजरीको न्यून प्रतिफल र लगानीकर्ता अमेरिकी र युक्रेनी राष्ट्रपतिको वार्ताको परिणाम पर्खिरहेको अवस्थामा सुनको मूल्य बढ्न पुगेको हो ।
आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ०.१८ डलरले बढ्दै प्रतिऔंस ३८.१३ डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।