काठमाण्डौ । मंगलबार स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ ।
यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ३ सयमा भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३०० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।