IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 11:19:29
IME remit
Global IME Bank Limited

अल्पकालीनलाई ५% र दीर्घकालीनलाई ३% लाभकर कायम गर्ने लगायत लगानीकर्ताका ११ बुँदे माग सेबोनमा

Hyundai Nepal
अल्पकालीनलाई ५% र दीर्घकालीनलाई ३% लाभकर कायम गर्ने लगायत लगानीकर्ताका ११ बुँदे माग सेबोनमा
Shivam Cement

काठमाण्डौ । विभिन्न लगानीकर्ता संघ संगठनले पुँजी बजारको समस्या समाधान तथा यो क्षेत्रको विकास र विस्तारका लागि शुक्रबार सुझाव बुझाएका छन् ।  

अघिल्लो साता अर्थमन्त्री बर्षमान पुनले बजार सुधार र विकासको बिषयमा सरोकारवालहरुसँग समेत छलफल गरी कार्ययोजना पेश गर्न बजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड, नेप्से र सिडिएससीलाई निर्देशन दिएका थिए । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यसै बिषयमा केन्द्रित रहेर धितोपत्र बोर्डले विभिन्न सरोकारवालासँग सुझाव मागेर एकीकृत कार्ययोजना बुझाउने तयारीलाई तीव्रता दिएको छ । यही क्रममा शुक्रबार नेपाल सेयरधनी संघले बोर्डका निमित्त अध्यक्ष डा. नवराज अधिकारीलाई भेटेर बजार सुधारको विषयमा आफ्ना ११  बुँदे  सुझाव पेश गरेको हो ।  

जसमा अल्पकालीन र दीर्घकालीन लगानीकर्ता छुट्टाएर अल्पकालीन लगानीकर्ताहरुलाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताहरुका लागि ३ प्रतिशत लाभकर बनाउने , धितोपत्र कमिशन घटाउने, कर्जाको ब्याज एकल अंकमा ल्याउने, ब्रोकरमार्फत मार्जिन ल्याण्डिङ कार्यान्वयनमा ल्याउने, सबै धितोकर्जाको जोखिम भार घटाएर १०० प्रतिशतमा ल्याउने, धितोपत्र बजारमा लामो समयदेखि रिक्त अध्यक्ष यथासक्य छिटो नियुक्ति गर्ने, बजारको दायरा फराकिलो बनाउने, विभिन्न नियमन निकायबीच समन्वयकारी नीति लिनुपर्ने जस्ता माग रहेका छन् ।  

भेटमा सक्रिय लगानीकर्ता प्रकाश रजौरे, कमलराज अधिकारी र घनश्याम पाण्डे लगायतको सहभागिता थियो ।

  

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.