काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र माया मनोर बुटिक होटल प्रालिबीच सम्झौता भएको छ । जसअन्तर्गत बैंकका ग्राहकहरूले होटलको सेवामा विशेष छुट सुविधा पाउने छन् ।
सम्झौता अनुसार, सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोग गरी काठमाण्डौको हात्तीसारस्थित माया मनोर बुटिक होटलमा भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
यस सहकार्यले ग्राहकहरुलाई थप लाभ मात्रै नभई नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ लाग्न प्रोत्साहित गर्ने बैंकको विश्वास छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।