काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.२५ प्रतिशत अर्थात ५.४९ डलरले घटेको हो ।
यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार १५६.०८ डलरमा झरेको छ ।
सुनको मूल्य घटेपनि चाँदीको भने वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा चाँदीको मूल्य १.३६ प्रतिशत अर्थात ०.३४ डलरले बढेको छ । अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २५.१८ डलरमा कारोबार भईरहेको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।