काठमाण्डौ । स्थानिय बजारमा आज सुनको घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्य २३ सय रुपैयाँले बढेको थियो ।
यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३५५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।