काठमाण्डौ । महालक्ष्मी विकास बैंकको सञ्चालकमा सागर मल्ल नियुक्त भएका छन् । भदौ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मल्ललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई रिक्त रहेको संस्थापक सेयरधनीका तर्फबाट बाँकी कार्यकालका लागि भदौ ८ गतदेखि नै लागू हुनेृगरी सञ्चालक पदमा नियुक्त गरिएको हो ।
उनी बैंकको संस्थापक सेयरधनी ग्रोइङ प्रालिका तर्फबाट सञ्चालक नियुक्त भएका हुन् ।