काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न आवमा घोषणा गरिएकोृ नगद लाभांश रकम बुझिलिन आग्रह गरेको हो ।
सेयरधनीहरुले सूचना प्रकाशित भएको एक महिनाभित्र बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा आवश्यक कागजातसहित सम्पर्क गर्नु पर्नेछ । उक्त मिति भित्र सम्पर्कमा नआएमा लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।
लाभांशसम्बनधी विस्तृत विवरण बैंकको वेबसाइटमा राखिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।