काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा भएको थियो । उक्त दिन पनि सुनको मूल्य १५ सय रुपैयाँले बढेको थियो ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३४५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।