सोमबार, श्रावण १८,२०८३ 02:07:07
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:07:07
Bizshala
Global IME Bank Limited

७० लाख लगानीकर्तालाई अर्थ मन्त्रालयको बेवास्ता, सीआईटी र कृषी विकास बैंकले अध्यक्ष पाउँदा नेप्सेको भने अझै रिक्त

७० लाख लगानीकर्तालाई अर्थ मन्त्रालयको बेवास्ता, सीआईटी र कृषी विकास बैंकले अध्यक्ष पाउँदा नेप्सेको भने अझै रिक्त
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सेञ्ज(नेप्से) अध्यक्षबिहिन भएको लामो समय भईसकेको छ । तर अझैपनि अध्यक्ष नियुक्त गर्ने छाँटकाट देखिदैन । नेप्सेमा अध्यक्षको रुपमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व हुने गर्छ । यस अघि गत बैशाख महिनामा तत्तकालिन अध्यक्ष शोभाकन्त पौडेल अन्यत्र नै सरुवा भए पछि अर्थमन्त्रालयले अध्यक्ष चयन गर्न सकेको छैन ।  

हालै सरकारले राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालको रुपमा हरि कूमार सिलवाललाई नियुक्त गर्यो । त्यसैगरि नागरिक लगानी कोषमा पनि तुलसी प्रसाद घिमिरेलाई नियुक्त गर्यो । यस्तै कृषी बिकास बैंकको अध्यक्षमा पनि डीम प्रकास पौडेललाइ नियुक्त गरेको छ । तर ७० लाख लगानीकर्ताको प्रमुख नियामकिय निकाय नेप्सेमा भने सरकारले ४ महिनादेखि अध्यक्ष नियुक्त गर्न सकेको छैन ।  

नेप्सेमा अध्यक्ष नभए पछि नियमित काम बाहेक खासै कुनै काम हुन नसक्ने नेप्सेस्थित स्रोतले दावी गर्यो । नेप्सेमा अध्यक्ष नहुँदा यस अघिनै तयार भएको  एसएमई प्लेटफर्म , नेप्सेको पुनर्संरचना तथा नेप्सेमा नयाँ सिस्टम तथा प्रडक्ट ल्याउने कार्य ठप्प प्रायः रहेको छ । जेठ १५ गतेसम्म अर्थ मन्त्रालय बजेटको काममा ब्यस्त रहेता पनि त्यसपछि पनि नेप्से अध्यक्ष नियुक्त गर्ने बिषयमा खासै चासो राखेको देखिदैन ।  

नेप्सेमा अध्यक्ष पठाउने जिम्मा अर्थ मन्त्रालयस्थित वित्तिय व्यबस्थापन महाशाखाको हो । तर वित्तिय व्यबस्थापन शाखाका प्रमुख सेवन्त पोखरेल भने सधैजसो केही दिनभित्रै नेप्सेले अध्यक्ष पाउने बताँउछन् । तर अर्थ मन्त्रालयले नेप्सेमा अध्यक्ष पठाउन सकेको छैन ।  

त्यसैगरि, नेप्सेमा एक स्वतन्त्र सञ्चालक पद पनि खाली रहेको छ । यसबाट ७० लाख लगानीकर्ता रहेको पूँजीबजारलाई सरकारले हेर्ने दृष्टिकोण थाहा पाउन सकिन्छ । यस अघि पनि नेप्सेको सीईओ र सेबोनको अध्यक्ष लामो समयपछि नियुक्त गरिएको थियो । बजारमा लगानीकर्ताहरुले नयाँ–नयाँ प्रबिधि र प्रडक्ट अपेक्षा गरेका हुन्छन् । तर नेपाल सरकार र तालुकदार मन्त्रालय भने यस्ता विषयमा संधै बेखबर झै रहेका छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.