बुधबार, भाद्र ११,२०८२ 11:04:33
  • बुधबार, भाद्र ११,२०८२ 11:04:33
Global IME Bank Limited

७० लाख लगानीकर्तालाई अर्थ मन्त्रालयको बेवास्ता, सीआईटी र कृषी विकास बैंकले अध्यक्ष पाउँदा नेप्सेको भने अझै रिक्त

Hyundai Nepal
७० लाख लगानीकर्तालाई अर्थ मन्त्रालयको बेवास्ता, सीआईटी र कृषी विकास बैंकले अध्यक्ष पाउँदा नेप्सेको भने अझै रिक्त
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सेञ्ज(नेप्से) अध्यक्षबिहिन भएको लामो समय भईसकेको छ । तर अझैपनि अध्यक्ष नियुक्त गर्ने छाँटकाट देखिदैन । नेप्सेमा अध्यक्षको रुपमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व हुने गर्छ । यस अघि गत बैशाख महिनामा तत्तकालिन अध्यक्ष शोभाकन्त पौडेल अन्यत्र नै सरुवा भए पछि अर्थमन्त्रालयले अध्यक्ष चयन गर्न सकेको छैन ।  

हालै सरकारले राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालको रुपमा हरि कूमार सिलवाललाई नियुक्त गर्यो । त्यसैगरि नागरिक लगानी कोषमा पनि तुलसी प्रसाद घिमिरेलाई नियुक्त गर्यो । यस्तै कृषी बिकास बैंकको अध्यक्षमा पनि डीम प्रकास पौडेललाइ नियुक्त गरेको छ । तर ७० लाख लगानीकर्ताको प्रमुख नियामकिय निकाय नेप्सेमा भने सरकारले ४ महिनादेखि अध्यक्ष नियुक्त गर्न सकेको छैन ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेमा अध्यक्ष नभए पछि नियमित काम बाहेक खासै कुनै काम हुन नसक्ने नेप्सेस्थित स्रोतले दावी गर्यो । नेप्सेमा अध्यक्ष नहुँदा यस अघिनै तयार भएको  एसएमई प्लेटफर्म , नेप्सेको पुनर्संरचना तथा नेप्सेमा नयाँ सिस्टम तथा प्रडक्ट ल्याउने कार्य ठप्प प्रायः रहेको छ । जेठ १५ गतेसम्म अर्थ मन्त्रालय बजेटको काममा ब्यस्त रहेता पनि त्यसपछि पनि नेप्से अध्यक्ष नियुक्त गर्ने बिषयमा खासै चासो राखेको देखिदैन ।  

नेप्सेमा अध्यक्ष पठाउने जिम्मा अर्थ मन्त्रालयस्थित वित्तिय व्यबस्थापन महाशाखाको हो । तर वित्तिय व्यबस्थापन शाखाका प्रमुख सेवन्त पोखरेल भने सधैजसो केही दिनभित्रै नेप्सेले अध्यक्ष पाउने बताँउछन् । तर अर्थ मन्त्रालयले नेप्सेमा अध्यक्ष पठाउन सकेको छैन ।  

त्यसैगरि, नेप्सेमा एक स्वतन्त्र सञ्चालक पद पनि खाली रहेको छ । यसबाट ७० लाख लगानीकर्ता रहेको पूँजीबजारलाई सरकारले हेर्ने दृष्टिकोण थाहा पाउन सकिन्छ । यस अघि पनि नेप्सेको सीईओ र सेबोनको अध्यक्ष लामो समयपछि नियुक्त गरिएको थियो । बजारमा लगानीकर्ताहरुले नयाँ–नयाँ प्रबिधि र प्रडक्ट अपेक्षा गरेका हुन्छन् । तर नेपाल सरकार र तालुकदार मन्त्रालय भने यस्ता विषयमा संधै बेखबर झै रहेका छ ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.