सोमबार, श्रावण १८,२०८३ 02:01:50
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:01:50
Bizshala
Global IME Bank Limited

सिटिजन्स क्यापिटलले डाक्यो साधारण सभा, १६% लाभांश पारित गर्ने विशेष प्रस्ताव

सिटिजन्स क्यापिटलले डाक्यो साधारण सभा, १६% लाभांश पारित गर्ने विशेष प्रस्ताव
New Office

काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेडले आगामी असोज २ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा ललितपुरको झम्सिखेलमा रहेको द लअनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापूँजीको १६ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा आव २०८१/८२को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको कम्पनीको वासलात र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्मको  नाफा नोक्सान विवरण र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा लाभांश वितरण प्रयोजनकालागि कम्पनीले भदौ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.