काठमाण्डौ । स्थानिय बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य ३ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
गत शुक्रबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । उक्त दिन सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४२५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।