काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार चौथो दिन किर्तिमानी उचाईमा पुग्ने क्रममाा आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिनपनि सुनको मूल्य १७ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँको रेकर्डतोड स्तरमा पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४८५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।