सोमबार, श्रावण १८,२०८३ 02:04:44
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:04:44
Bizshala
Global IME Bank Limited

सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा, ३०% नगद लाभांश पारित हुने

सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा, ३०% नगद लाभांश पारित हुने
New Office

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले १४ औं साधारण सभा डाकेको हो ।  

उक्त सभा असोज ९ गते काठमाण्डौको नारायणचौर नक्सालमा रहेको सिद्धार्थ क्यापिटलको कार्यालयमा अपरान्ह साढे ४ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ३० प्रतिशत कर सहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०८१/८२ को वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को लेखापरिक्षणको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरिक्षण समितिले सिफारिश गरे बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको ६ लाख ५६ हजार ३२८ रुपैयाँ पारित गरिनेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.