काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले १० वर्षदेखि शुन्य मौज्दात भएका र कारोबार नभएका खातावालाहरुलाई खाता सूचारु गर्न आग्रह गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै विगत १० वर्षदेखि शुन्य मौज्दातमा खोलिएका खाताहरु हालसम्म पनि कारोबार नभएका खातामा कारोबार सूचारु गर्न आग्रह गरेको हो ।
बैंकले राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७८ को इ.प्रा निर्देशन न १६ को बुँदा न(३)मा भएको व्यवस्था अनुसार बैंकमा खोलिएका खाता १५ दिनभित्र सुचारु गर्न खातावालाहरु आग्रह गरेको छ । उक्त खाताहरुको विवरण बैंकको आधिकारीक वेभसाइटमा राखिएको बैंकले उल्लेख गरेको छ ।
तोकिएको मितिभित्र खाताहरु सक्रिय नभएमा सो खाताहरु बन्द गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।