सोमबार, श्रावण १८,२०८३ 02:01:34
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:01:34
Bizshala
Global IME Bank Limited

हालसम्म यी दुई समूहबाट मात्रै ३३ कम्पनी डिलिष्टेड, लगानीकर्ताले के बुझ्ने ?

हालसम्म यी दुई समूहबाट मात्रै ३३ कम्पनी डिलिष्टेड, लगानीकर्ताले के बुझ्ने ?
New Office

काठमाण्डौ । कोभिडपछि धितोपत्र बजारमा लगानीकर्ताहरुको आकर्षण निकै बढेको छ । कोभिड पहिले ४ लाख मात्रै आवेदन पर्ने आईपीओमा अहिले हरेक निष्काशनमा सरदर २२ लाख सेयर आवेदन पर्ने गरेको छ । यसबाट धितोपत्र बजारमा आईपीओको लगानीबाट राम्रो आम्दानी हुन्छ भन्ने लगानकिर्ताहरुको बुझाई रहेको प्रष्ट हुन्छ ।  

तर नेप्सेको तथ्यांक नियाल्दा पूँजीजबारमा सूचिकरण भएर उत्पादन तथा प्रशोधन र कारोबार समूहबाट मात्रै हालसम्म आईपीओमा आएका ३३ कम्पनी डिलिष्टेड भएका छन् । यो भनेको आईपीओमा प्रतिकित्ता एक सयका दरले गरेको लगानी पनि सुरक्षित हुँदैन भन्ने यथेष्ट प्रमाण हो । यो भन्दा पनि अझै बढी लगानीकर्ताहरुको लागि जोखिम भनेको हाल दोस्रो बजारमा मौलाएको प्रि–आईपीओ पनि हो ।  

हाल दोस्रो बजारमा खुलेआम प्रि–आईपीओको सेयर त्यो पनि प्रिमियम मूल्यमा बिक्री वितरण हुँदै आएको छ । नेप्सेको ३१ वर्षको इतिहासमा हालसम्म उत्पादन तथा प्रशोधन समूहका मात्रै ३३ कम्पनी डिलिष्टेड हुनु भनेको सरदर हरेक वर्ष एउटा कम्पनी डिलिष्टेड हुनु हो ।  

यसको पछिल्लो ज्वलन्त उदाहरण श्रीराम सुगर मिल्स हो । यसैगरी, नेप्सेबाट डिलिष्टेड हुनेमा सरकारी स्वामित्वको नेपालको सबै भन्दा पहिलो आईपीओ आएको कम्पनी विराटनगर जुट मिल्स हो ।  

त्यसैगरि, रघुपति जुटमिल्स, हिमाल सिमेन्ट कम्पनी, मोरङ सुगर मिल्स, बुटवल स्पिनिङ मिल्स , गोरखकाली रवर उद्योग , ज्योति स्पिनिङ मिल्स, सयपत्री कलर ल्याब , नेपाल खाद्य उद्योग , हिमालयन टेक्सटायल, नेकोन एयरलाइन्स, नेपाल फिल्म उद्योग तथा नेशनल प्रो एण्ड इको डेभलपमेन्ट कम्पनी हुन् ।  

यी कम्पनीहरु भनेका धितोपत्र बजारमा सर्वसाधारणलाई सेयर निष्कासन गरेपछि सञ्चालन हुन नेसकेर नेप्सेले लिष्टिङ कम्पनीबाट हटाएका कम्पनी हुन्  

यी हुन हालसम्म डिलिष्टेड भएको उत्पादन तथा प्रशोधन र कारोबार समूहका ३३ कम्पनीः  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.