काठमाण्डौ । लामो समयसम्म रिक्त रहेको नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयले लामो समयपछि आज नेप्सेको अध्यक्षमा बस्याललाई नियुक्त गरेको हो ।
बिजशालासँग संक्षिप्त कुराकानीमा बस्यालले अब नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको व्यवसायिक स्टक एक्सचेञ्ज बनाउने प्रतिक्रिया दिए ।
यसअघि उनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सीइओ थिए । उनले गत भदौ १३ गते पदबाट राजीनामा दिएका थिए । उनी सिएफए हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।