सोमबार, श्रावण १८,२०८३ 02:27:33
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:27:33
Bizshala
Global IME Bank Limited

सुनको मूल्य प्रतिऔंस ३६ सय डलर नजिक, चीन र भारतमा माग घट्यो

सुनको मूल्य प्रतिऔंस ३६ सय डलर नजिक, चीन र भारतमा माग घट्यो
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३६ सय डलर नजिक पुगेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.०६ प्रतिशत अर्थात ३७.४६ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ५८६ डलर कायम भएको छ ।  

कारोबारको क्रममा सुनको मूल्य प्रतिऔंस ३ हजार ५९९ डलरसम्म पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।  

अमेरिकी अर्थतन्त्रको ताजा आँकडाअनुसार अमेरिकाको श्रमबजारमा छाएको सुस्तता र बेरोजगारीदर ४.३ प्रतिशत पुगेसँगै फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्ने सम्भावना बढेको छ ।  

जसका कारण सुनको मूल्य वृद्धि भएको विश्लेषकहरुले बताएका छन् । पछिल्लो समय सुनको मूल्य निरन्तर वृद्धि भएसँगै विश्वका शीर्ष सुन बजार चीन र भारतमा सुनको मागमा कमी आएको छ ।      

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.