सोमबार, श्रावण १८,२०८३ 02:02:47
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:02:47
Bizshala
Global IME Bank Limited

शोरुम उद्घाटन अघि बुटवलमा १० युनिट प्रोटोन इमास ७ हस्तान्तरण

शोरुम उद्घाटन अघि बुटवलमा १० युनिट प्रोटोन इमास ७ हस्तान्तरण
New Office

काठमाण्डौ । प्रोटोन नेपालले नेपाली ईभी ग्राहकहरूको विश्वास जितिरहेको छ । यसैक्रममा प्रोटोनले उपलब्धि हासिल गर्दै, बुटवलमा आफ्नो शो–रुम औपचारिक रूपमा उद्घाटन गर्नु अघि नै आफ्ना प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन इमास ७ का १० युनिट हस्तान्तरण गरेको छ ।  योशोरूम बुटवल–भैरहवा क्षेत्रका लागि बालाजी ई–अटोमोबाइल्ससँग साझेदारीमा सञ्चालन हुनेछ।

यस हस्तान्तरणले नेपालभरका ग्राहकहरूबीच इमास ७ को लोकप्रियता बढिरहेको स्पष्ट देखाएको छ । धेरै खरिदकर्ताहरूले शो–रुम उद्घाटनअघि नै आफ्नो ईभी खरिद सुनिश्चित गर्ने निर्णय गरेका छन्, जसले प्रोटोनको प्रविधि र बिक्रीपछिको सेवाप्रतिको विश्वास काठमाण्डौभन्दा बाहिर पनि तीव्रगतिमा बढिरहेको देखिएको छ ।

यो उपलब्धि पोखरामा सम्पन्न सफल हस्तान्तरण पछि आएको हो, जहाँ प्रोटोनले उत्साही ग्राहकसँग सामूहिक हस्तान्तरणको उत्सव मनाएको थियो । पोखराको सफलतामाथि आधारित हुँदै, बुटवलको सामूहिक हस्तान्तरणले ब्रान्डको विश्वसनीयता र नेपालभर बढ्दो लोकप्रियतालाई अझ मजबुत बनाएको छ ।

यसै प्रसंगमा नेपालमा प्रोटोनका आधिकारिक वितरक जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, ‘शो रुम उद्घाटन हुनु अघि नै बुटवलका १० परिवारहरूले आफ्नो प्रोटोन इमास ७ घर लैजाने अवसर पाउनु हाम्रो लागि गौरवको क्षण हो । यसले नेपाली ग्राहकहरूले विश्वस्तरीय प्रविधि, सुरक्षा, सुविधा र हाम्रो ग्राहकलाई प्राथमिकता दिने नीतिलाई थप प्रमाणित गर्दछ ।’

त्यसैगरी, शुन्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा, उत्कृष्ट वारेन्टी र भरपर्दो सेवा सञ्जालजस्ता आकर्षक अफरहरू सहित, प्रोटोनले नेपाली परिवारहरूका लागि ईभीको स्वामित्वलाई अझ सजिलो र भरपर्दो बनाउन लक्ष्य राखेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.