मंगलवार, भाद्र २४,२०८२ 01:24:15
  • मंगलवार, भाद्र २४,२०८२ 01:24:15
Global IME Bank Limited

ओरियण्टल होटल्सद्वारा साधारण सभा आह्वान, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने

Hyundai Nepal
ओरियण्टल होटल्सद्वारा साधारण सभा आह्वान, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने
Shivam Cement

काठमाण्डौ । ओरियण्टल होटल्स् लिमिटेडले २८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज ३१ गते ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय समेत गरेको हो ।  

्सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको हाल चुक्तापूँजीको १ः०.२६६३ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै प्रस्तावित हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम कम्पनीको परिसरको रिनोभेसन गर्नका लागि उपयोग गर्ने र नियमनकारी निकायमा हकप्रद निष्कासनका लागि आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब, एवम् सोही अवधिको नगद प्रवाह विवरण, ईक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्ध वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने, आव २०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने र एकजना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २ गतेदेखि ३० गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन योग्य हुनेछन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.