काठमाण्डौ । आइतबार किर्तिमानी उचाईमा पुगेको सुनको मूल्य आज भने घटेको छ । आजको कारोबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ११ हजार ६ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख १२ हजार रुपैयाँ कायम थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।
यस्तै आज चाँदीको भाउमा समेत गिरावट आएको छ । चाँदी २५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४७५ रुपैयाँमा सीमित बनेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।