काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको राजीनामा माग गरेकी हुन् ।
‘प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईंले राजीनामा दिनैपर्छ’ उनले लेखेकी छन् । यस्तै उनले प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।