काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यले फेरि किर्तिमानी उचाई चुमेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ३ हजार २१ सय रुपैयाँले बढेको छ ।
यससँगै सुनको कारोबार प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य स्थानिय बजारमा कारोबार भएको हालसम्मकै उच्च हो ।
यसअघि गत भदौ २२ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला २ लाख १२ हजार रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य समेत बढेको छ । चाँदी आज ४० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५१५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।