काठमाण्डौ । हिमालय एयरलाइन्सले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फ कम्पनीसम्बन्धी प्रसारित भइरहेको समाचारहरू पूर्णतःअसत्य तथा भ्रामक भएको जनाएको छ। कम्पनीले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली हिमालय एयरलाइन्सको जहाज चढेर दुबई जान लागेको भन्ने खबर पूर्ण रुपमा झुठो भएको जनाएको हो ।
‘हाम्रो दुबई उडान नियमित तालिका अनुसार सञ्चालन हुने उडान हो भन्ने स्पष्ट पार्दछौं,’ कम्पनीले विज्ञप्तीमा भनेको छ ,‘प्रचारमा आएका हल्ला र अफवाहहरूमा कुनै सत्यता छैन। यस प्रकारका अपुष्ट जानकारीमा विश्वास नगर्नु हुन तथा प्रचार–प्रसार नगर्नुहुन सबैलाई विनम्र अनुरोध गर्दछौं।’
राज्यलाई परि आएको खण्डमा जस्तोसुकै सहयोग गर्नुपर्ने राष्ट्रिय दायित्वबाट कम्पनी कहिलै पनि बिमुख नहुने समेत कम्पनीले जनाएको छ । ‘केही अनलाईन पोर्टलले स्रोतको हौवा दिएर प्रधानमन्त्री स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्सको विमानमा दुबई उड्ने तयारी भन्ने समाचारप्रति हिमालय एयरलाइन्सको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता भ्रामक र कपोकल्पित समाचारको भ्रममा नपर्न एयरलाईन्स सबैमा हार्दिक अनुरोध गर्दछ,’ कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।