• बिहीबार, भाद्र २६,२०८२ 01:50:22
Global IME Bank Limited

जेनजी युवाहरुको माग संसद विघटन गर्नु होइन, सबै माग वर्तमान संसदीय प्रक्रियाबाट पूरा हुन्छ : प्रचण्ड

Hyundai Nepal
जेनजी युवाहरुको माग संसद विघटन गर्नु होइन, सबै माग वर्तमान संसदीय प्रक्रियाबाट पूरा हुन्छ : प्रचण्ड

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी युवाहरुको माग संसद विघटन गर्नु नरहेको बताएका छन् । प्रचण्डले प्रेस वक्तव्य जारी गर्दै जेनजी युवाहरुको माग लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध तथा संसद विघटनको पक्षमा नभएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी परिष्कृत लोकतन्त्र र गणतन्त्रको विकल्प अझ परिष्कृत गणतन्त्र मात्रै हुन सक्ने बताएका छन् । उनले जेनजी युवाहरुले उठाएको माग संविधान र वर्तमान संसदीय प्रक्रियाबाट पूरा हुन सक्ने समेत बताएका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रचण्डले जेनजी युवा र आफूहरुलेले एउटै मुद्दा उठाइरहेका बेला माओवादी पार्टी कार्यालय, निजी निवास र राज्यका साझा संरचनामा कसले र किन आगो लगायो भनेर प्रश्न गरेका छन् । ‘यसको बारेमा हामीले गम्भीर रुपमा सोच्नै पर्छ । यसखालका घटना जेन जि पुस्ताको घोषित नीति र आदर्शविपरीत छन् र उनीहरूबाट यस्तो हुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन,’ उनले भनेका छन् ।  

उनले भनेका छन् ,‘अहिलेको संक्रमणकालिन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनुपर्दछ । संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततः प्रतिगमनलाई नै फाइदा पुर्याउने छ । त्यसैले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरुको गम्भीर समिक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्रै हामी समुन्नत लोकतन्त्रको विकास गर्न सक्छौं । यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीररुपमा लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति विकास गर्ने विश्वास लिएका छौं ।’

जेनजी पुस्ताले भ्रष्ट्राचारको मुद्दालाई लिएर आन्दोलनमा उत्रनु हाम्रा लागि गर्वको कुरा भएको बताउदै उनले । जेन जी पुस्ताले आन्दोलनको घोषणा गरेपछि त्यसको समर्थन गर्दै आन्दोलनमा बल प्रयोग नगर्न सरकारलाई खबरदारी गरेको बताएका छन् ।  

‘आन्दोलनको दोश्रो दिन आयोजकको पूर्ववत घोषणाविपरीत अवाञ्छित तत्वहरूको घुसपैठ देखा पर्न थाल्यो । त्यस्ता तत्वहरुबाट नेपालको ऐतिहासिक धरोहर र गौरवका रुपमा रहेका सिंहदरबार सहितका संरचनामा जे जसरी लूटपाट र आगगजनीका घटना भए, ती इतिहासमै सर्बाधिक नकारात्मक घटना बन्न पुगे,’ उनले भनेका छन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.