सोमबार, श्रावण १८,२०८३ 02:06:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:06:49
Bizshala
Global IME Bank Limited

सेयरबजारलाई अस्थाई रुपमा बन्द गरी ठूलो क्षति हुनबाट जोगाउन लगानीकर्ताको माग

सेयरबजारलाई अस्थाई रुपमा बन्द गरी ठूलो क्षति हुनबाट जोगाउन लगानीकर्ताको माग
New Office

काठमाण्डौ । पूँजीबजारसँग सम्बन्धित विभिन्न ३ वटा लगानीकर्ता संगठनले सेयरबजारलाई अस्थाई रुपमा बन्द गर्न आग्रह गरेका छन् । सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ती जारी गर्दै सरोकारवाला निकाय र नियामकसँग यस्तो आग्रह गरेका हुन् ।  

देशको हालको परिस्थितिले  आम नागरिकसँगै लगानीकर्ताको मनोबलमा गम्भीर असर पारेकाले यस्तो विषम परिस्थितिमा पूँजीबजार स्वाभाविक रूपमा बढी प्रभावित हुने हुँदा, बजारको स्थायित्व र लगानीकर्ताको सुरक्षालाई ध्यानमा राखी सेयरबजार अस्थाई कालका लागि बन्द गर्नुपर्ने माग लगानीकर्ताले राखेका छन् ।  

‘धितोपत्र बजारको प्रकृति नै संवेदनशील हुन्छ । सानो संकेत वा अप्रत्याशित समाचारले समेत ठूलो उतारचढाव ल्याउने क्षमता राख्छ। अहिले देखिएको भय र अनिश्चितताले लगानीकर्ताहरूलाई विवेकपूर्ण निर्णय लिन असम्भवजस्तै बनाइदिएको छ,’  विज्ञप्तीमा भनिएको छ,‘यसको परिणामस्वरूप अनावश्यक विक्री चाप आऊने, सानो सानो कारोबारले बजार असामान्य रूपमा खस्किने र विशेषगरी साना तथा नयाँ लगानीकर्ताहरूलाई अपूरणीय क्षति पुग्ने खतरा बढ्ने दृष्टान्त विगतका घटनाहरूले पुष्टि गरिसकेको छ ।’

वर्तमान अवस्थामा तत्कालका लागि सेयर कारोबार अस्थायी रूपमा स्थगन गर्नु नै बजारलाई थप ठूलो क्षतिबाट जोगाउने एक मात्र यथोचित विकल्प भएको समेत लगानीकर्ताको सामूहिक धारणा रहेको । लगानीकर्तालेराजनीतिक स्थिरता पुनःस्थापना भई समग्र आर्थिक गतिविधिहरू सहज बनेपछि मात्र पुनः कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।  

साथै, यसबीचमा विगतमा लगानीकर्ताहरूले निरन्तर उठाएका माग तथा सुधारका बुँदाहरूलाई द्रुत गतिमा कार्यान्वयन गर्न धितोपत्र बोर्डलाई अनुरोध समेत गरिएको छ । 

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.