• शुक्रबार, भाद्र २७,२०८२ 07:02:55
Global IME Bank Limited

सेयरबजारलाई अस्थाई रुपमा बन्द गरी ठूलो क्षति हुनबाट जोगाउन लगानीकर्ताको माग

Hyundai Nepal
सेयरबजारलाई अस्थाई रुपमा बन्द गरी ठूलो क्षति हुनबाट जोगाउन लगानीकर्ताको माग

काठमाण्डौ । पूँजीबजारसँग सम्बन्धित विभिन्न ३ वटा लगानीकर्ता संगठनले सेयरबजारलाई अस्थाई रुपमा बन्द गर्न आग्रह गरेका छन् । सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ती जारी गर्दै सरोकारवाला निकाय र नियामकसँग यस्तो आग्रह गरेका हुन् ।  

देशको हालको परिस्थितिले  आम नागरिकसँगै लगानीकर्ताको मनोबलमा गम्भीर असर पारेकाले यस्तो विषम परिस्थितिमा पूँजीबजार स्वाभाविक रूपमा बढी प्रभावित हुने हुँदा, बजारको स्थायित्व र लगानीकर्ताको सुरक्षालाई ध्यानमा राखी सेयरबजार अस्थाई कालका लागि बन्द गर्नुपर्ने माग लगानीकर्ताले राखेका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘धितोपत्र बजारको प्रकृति नै संवेदनशील हुन्छ । सानो संकेत वा अप्रत्याशित समाचारले समेत ठूलो उतारचढाव ल्याउने क्षमता राख्छ। अहिले देखिएको भय र अनिश्चितताले लगानीकर्ताहरूलाई विवेकपूर्ण निर्णय लिन असम्भवजस्तै बनाइदिएको छ,’  विज्ञप्तीमा भनिएको छ,‘यसको परिणामस्वरूप अनावश्यक विक्री चाप आऊने, सानो सानो कारोबारले बजार असामान्य रूपमा खस्किने र विशेषगरी साना तथा नयाँ लगानीकर्ताहरूलाई अपूरणीय क्षति पुग्ने खतरा बढ्ने दृष्टान्त विगतका घटनाहरूले पुष्टि गरिसकेको छ ।’

वर्तमान अवस्थामा तत्कालका लागि सेयर कारोबार अस्थायी रूपमा स्थगन गर्नु नै बजारलाई थप ठूलो क्षतिबाट जोगाउने एक मात्र यथोचित विकल्प भएको समेत लगानीकर्ताको सामूहिक धारणा रहेको । लगानीकर्तालेराजनीतिक स्थिरता पुनःस्थापना भई समग्र आर्थिक गतिविधिहरू सहज बनेपछि मात्र पुनः कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।  

साथै, यसबीचमा विगतमा लगानीकर्ताहरूले निरन्तर उठाएका माग तथा सुधारका बुँदाहरूलाई द्रुत गतिमा कार्यान्वयन गर्न धितोपत्र बोर्डलाई अनुरोध समेत गरिएको छ । 

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.