• शुक्रबार, भाद्र २७,२०८२ 09:56:04
Global IME Bank Limited

यसपटक सेयर बजार लामो समय बन्द हुनसक्ने, यस्तो छ विगतको नजिर

Hyundai Nepal
यसपटक सेयर बजार लामो समय बन्द हुनसक्ने, यस्तो छ विगतको नजिर

काठमाण्डौ । जेनजी आन्दोलनका कारण सिर्जित विषम परिस्थितिका कारण यो साता सेयर बजार बन्द रह्यो । नेप्सेले आज एक सूचना निकालेर असोज २ गतेसम्म समेत सेयर कारोबार नहुने जनाएको छ ।  

तर सेयर बजारका अधिकांश लगानीकर्ता तथा ब्रोकरहरुले भने असोज २ गतेसम्म मात्र नभई हालको जटिल राजनीतिक अवस्थामा सुधार नआएसम्मका लागि सेयर बजार बन्द गर्नुपर्ने माग राखेका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विभिन्न लगानीकर्ता संगठनहरुले विज्ञप्ती जारी गरेर मनोबल कमजोर भएका बेला आम लगानीकर्ताको सम्पत्ति जोगाउन अस्थायी रुपमा बजार बन्द गर्नुपर्ने माग राखेका छन् ।  

सेयरबजार निकै सम्वेदनशील् क्षेत्र भएकाले परिस्थिति सहज भई अर्थतन्त्र चलायमान भएमात्रै सेयरबजार खोल्नुपर्ने उनीहरुको धारणा रहेको छ ।  

तर केही लगानीकर्ताहरुले भने दशैंजस्तो चाडपर्व आएका कारण आवश्यक खर्चको जोहो गर्नका लागि भए पनि सेयर बजार लामो समय बन्द हुन नहुने तर्क गरेका छन् ।  

यद्यपि अधिकांश लगानीकर्ता भने बजार बन्द हुनुपर्ने पक्षमै देखिन्छन् ।  

हिजो मात्रै पाँच लगानीकर्ता संघ संगठनले सेयर बजार बन्द गर्न माग गर्दै नियामक निकायहरुलाई ज्ञापन बुझाएका थिए ।  

आज पनि तीन लगानीकर्ता संघ तथा संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यथास्थितिमा सेयरबजार नखोल्न माग गरेका छन् ।  

यसअघि कोभिडको समयमा सेयर बजार ३ महिना बन्द रहेको थियो भने २०७२ सालको भूकम्पको बेला पनि १ महिना सेयर कारोबार भएको थिएन । तर धितोपत्र ऐन २०६३ को दफा १ को  ‘घ’ मा धितोपत्र बोर्डको विशेषाधिकार प्रयोग गरेर बजार एक पटकमा अधिकतम ५ दिन मात्र बन्द हुनसक्ने प्रावधान रहेको छ।  

धितोपत्र बजारका जानकार अमृत खरेल अहिले असहज अवस्थाका बीच सर्वोच्च अदालत समेत बन्द रहेको अवस्थामा सेयर बजार बन्द हुनु स्वभाविक भएको तर्क गर्छन् ।

नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले यसअघि पनि कोरोना महामारी तथा भूकम्पको बेला लामो समय सेयर बजार बन्द रहेको नजिर रहेको जानकारी दिए ।  

यसैगरी, धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले हाल देशको बिषम अवस्थामा माग तथा आवश्यकताको आधारमा सेयर बजार बन्द भएको जानकारी दिए ।  

‘देशमा देखिएको जटिल राजनीतिक संकटको घडिमा लगानीकर्ताको सम्पत्ति संरक्षणका लागि सेयर बजार बन्द भएको हो । अवस्थामा क्रमिक सुधार आएसँगै सेयर बजार पुनः सञ्चालनमा आउनसक्छ,’ उनले भने ।  

विगतको नजिर हेर्दा र हालको राजनीतिक संकटमा शीघ्र सुधार हुन नसक्ने अवस्थाका कारण यसपालि पनि बजार लामो समयसम्म बन्द हुनसक्ने नियामकहरुको पनि संकेत देखिएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.