सोमबार, श्रावण १८,२०८३ 04:55:25
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:55:25
Bizshala
Global IME Bank Limited

अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त,कुलमान घिसिङलाई उर्जासहित तीनवटा मन्त्रालयको जिम्मेवारी

अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त,कुलमान घिसिङलाई उर्जासहित तीनवटा मन्त्रालयको जिम्मेवारी
New Office

काठमाण्डौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पहिलो चरणमा दुई मन्त्री नियुक्त गरेकी छिन् ।  

केहीबेरअघि उनले पूर्व अर्थसचिव तथा अर्थविद डा. रामेश्वर खनाललाई अर्थमन्त्री र  र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जामन्त्रीमा नियुक्त गरेकी हुन् । घिसिङले उर्जासहित ती मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

उनलाई भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

पहिलो चरणमा मन्त्री नियुक्त खनाल र घिसिङको सपथ आजै गर्ने गरी तयारी भइरहेको बालुवाटारस्थित स्रोतले जनाएको छ ।

पहिलो चरणमा खनाल र घिसिङ मात्र छानिए पनि सपथ गराउने समयसम्म एकजना मन्त्री थपिनसक्ने स्रोतको दाबी छ । काठमाण्डौ महानगरपालिकाका कानूनी सल्लाहकार ओमप्रकाश अर्यालले गृहमन्त्रीको जिम्मेवारी पाउने सम्भावना छ । उनलाई गृहको साथमा कानून मन्त्रालय समेत जिम्मा दिने प्रधानमन्त्रीको चाहना छ ।  

यसअघि प्रकाशित सम्बन्धित समाचार:

-डा. रामेश्वर खनाल अर्थमन्त्री बन्दै, प्यारालाइज्ड अर्थतन्त्रले पाउने भो अनुभवी डाक्टर

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.