सोमबार, श्रावण १८,२०८३ 02:27:07
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:27:07
Bizshala
Global IME Bank Limited

टिकटकको विषयमा भयो अमेरिका र चीनबीच सम्झौता

टिकटकको विषयमा भयो अमेरिका र चीनबीच सम्झौता
New Office

काठमाण्डौ । अमेरिकी सरकार र टिकटकबीच सम्झौता भएको छ । मंगलबार म्याड्रिटमा भएको दुईपक्षिय व्यापारिक वार्ताको क्रममा सम्झौता भएको अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बसेन्टले पुष्टि गरेका छन् ।  

यो सम्झौताका अनुसार टिकटकको नियन्त्रण अमेरिकी कम्पनीको हातमा जानेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई खरिद गर्नका लागि अमेरिकी कम्पनी अघि सरेको बताएका छन् । यस विषयमा सम्झौता भईसकेको र यस विषयमा शुक्रबार चिनियाँ राष्ट्रपतिसँग थप चर्चा हुने जनाइएको छ ।  

रोयटर्सको रिपोर्टका अनुसार ओरेकल कम्पनीले यो सम्झौतामा अग्रणी भूमिका निभाउनेछ र थुप्रै कम्पनीको समूह बनाइनेछ ।  

अमेरिकी अधिकारीहरुले अमेरिकाको सुरक्षाको सबै विषयलाई ध्यानमा राख्दै सम्झौता गरिएको छ ।  

अमेरिकाले टिकटकलाई गत जनवरीमा कानूनी प्रतिबन्ध लगाएको थियो । तर यसको सञ्चालन भने अहिलेसम्मजारी छ । चीनलाई १७ सेप्टेम्बरसम्मको सीमा दिइएको थियो ।  

सन् २०२४ मा अमेरिकामा एउटा कानून पास भएको थियो । जसमा चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटक अमेरिकी सञ्चालकलाई बिक्री गर्न भनिएको थियो । यस्तो नगरे टिकटकमाथि प्रतिबन्ध लागू हुने जनाइएको थियो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.