• बिहीबार, आश्विन २,२०८२ 07:53:33
Global IME Bank Limited

महेश बस्नेतले आफ्नै छिमेकमा डेरा खोजिदिएर राखे ओली दम्पत्तिलाई

Hyundai Nepal
महेश बस्नेतले आफ्नै छिमेकमा डेरा खोजिदिएर राखे ओली दम्पत्तिलाई
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनपछि ज्यान जोगाउन सैनिक सहायतमा भूमिगत भएका नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली १० दिनपछि सैनिक ब्यारेकबाट फर्किएका छन् ।  

शिवपुरीस्थित सैनिक ब्यारेकमा रहेको भनिएका उनी १० दिनको भूमिगत जीवनबाट बिहीबार बाहिर आएका हुन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एमालेनिकट स्रोतका अनुसार उनको भक्तपुरको बालकोटस्थित घर जेनजी प्रदर्शनकारीहरुले पूर्ण रुपमा जलाइदिएका छन् । यसकारण उनी घर फर्किने अवस्था छैन ।  

तत्काल बाहिर धेरै हिँडडूल गर्न उनलाई सुरक्षा चुनौति समेत रहेपछि एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले आफ्नै छिमेकी बनाएर गुण्डुमा डेरा खोजिदिएका र ओली दम्पत्ति बिहीबारदेखि त्यहीँ सरेका स्रोतको दाबी छ ।  

एमालेका युवा नेता समेत रहेका महेश बस्नेतको घर समेत गुण्डु नै हो । उनले त्यही क्षेत्रबाट राजनीति गर्दै आएका छन् ।  

अन्तरिम सरकार गठनपछि उनै बस्नेतले जेनजी आन्दोलन हाँक्नेहरुविरुद्ध उत्तेजक अभिव्यक्ति दैनिकजसो दिइरहेका छन्। 

उनले गुण्डु र पार्टी कार्यालय रहेको ललितपुरको च्यासल क्षेत्रमा केही युवालाई भेला पारी प्रदर्शन पनि गरिरहेका छन् ।  

भोलिको संविधान दिवस एमालेले पनि भव्य रुपमा मनाउने र सो क्रममा ओलीलाई बाजागाजासहित च्यासलस्थित पार्टी कार्यालय ल्याउने उनले यसअघि उद्घोष गरेका थिए । सम्भवतः सोही प्रयोजनका लागि ओली ब्यारेकबाट बाहिर आई गुण्डुको डेरामा सरेका हुनसक्ने अनुमान गरिएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.