काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आज माओवादी केन्द्रको पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले हालको संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सकिने बताएका हुन् ।
प्रचण्डले २०७२ सालमा संविधान बन्दा माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारीको व्यवस्था हुनुपर्ने माग राखेको र अहिले जेनजी आन्दोलनले त्यसलाई पुष्टि गरेको समेत बताए ।
उनले त्यसेबला उक्त माग पुरा भएको भए अहिले यति ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था नआउने बताए । राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनु पर्नेमा जोड दिए ।
यस्तै उनले जेनजी पुस्ताको माग पुरा गर्ने एक मात्रै पार्टीको रुपमा नेकपा माओवादी भएको र यस दिशामा अघि बढ्न सम्पूर्ण पार्टी सदस्यहरुलाई आग्रह समेत गरे ।