सोमबार, श्रावण १८,२०८३ 02:23:37
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:23:37
Bizshala
Global IME Bank Limited

अन्तिम १५ मिनेटको नियम हटेपछि कमजोर कम्पनीका दिन पुनः सुरु, धमाधम पोजिटिभ सर्किट*

अन्तिम १५ मिनेटको नियम हटेपछि कमजोर कम्पनीका दिन पुनः सुरु, धमाधम पोजिटिभ सर्किट*
New Office

काठमाण्डौ । अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से सूचक तथा कारोबार मूल्य गणना गर्ने विधि स्थगनसँगै कमजोर अवस्थाका बैंकहरुको मूल्य रकेटको गतिमा अगाडि बढ्न थालेको छ ।  

वित्तीय रुपमा निकै कमजोर रहेका, प्रतिसेयर नेटवर्थ, प्रतिसेयर आम्दानी, वितरणयोग्य नाफा, खराबकर्जा अनुपात निकै दयनीय अवस्थामा रहेका अल्ट्रा लो क्यापका बैंक तथा वित्तीय संस्था र कमजोर अवस्थाका कम्पनीहरुको मूल्य फेरि रकेटको गतिमा बढाउन थालिएको हो । 

निश्चित समूहहरुले कमजोर कम्पनीकै सेयरमूल्यमा चलखेल गरेको भन्दै ५ महिनाअघि नेप्सेले धितोपत्र बोर्डको निर्देशनअनुसार अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से सूचक तथा कारोबार मूल्य गणना गर्ने विधि कार्यान्वयनमा ल्याइएको थियो । यो नयाँ व्यवस्थाका कारण थोरै कित्ता सेयरको सप्लाई रहेका कम्पनीमा हुने गरेको चलखेल केही कम भए पनि यसले बजारका लगानीकर्ताको मनोबल कमजोर बनाएको भन्दै विरोध सुरु भएको थियो ।  

जेनजी आन्दोलनका कारण चौतर्फी रुपमा लगानीकर्ताको मनोबल कमजोर भएको विशेष परिस्थितिलाई आधार बनाएर धितोपत्र बोर्डले १५ मिनेटवाला नियम स्थगनको निर्णय गर्दै सोहीअनुसार गर्न नेप्सेलाई निर्देशन दिएको थियो । त्यसपछि पाँच महिनाअघिकै अवस्थाअनुसार सेयर बजारको सूचक र कम्पनीको मूल्य गणना गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । 

पुरानो व्यवस्था कार्यान्वयनमा आएसँगै केही महिना सुस्ताएको चलखेल गर्ने समूह फेरि सक्रिय देखिएको छ । जसको ज्वलन्त उदाहरण मंगलबारको सेयर बजारमा देखियो ।  

यो दिन नेप्से परिसूचक करिब ५९ अंकले बढेर २६८२ को विन्दूमा पुगेको छ । ५ अर्ब २९ करोड बढीको कारोबार भएको यो दिन सप्तकोशी डेलभपमेन्ट बैंक, जोशी हाइडोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको सेयरमूल्यमा पोजिटिभ सर्किट लाग्यो ।  

भूगोल इनर्जी, एशियन हाइड्रोपावर, हिमस्टार उर्जा कम्पनीको मूल्यमा समेत पोजिटिभ सर्किट लाग्यो ।  

कालिका पावर, सयपत्री हाइड्रो, महिला लघुवित्त लगायतको सेयरमूल्य समेत पोजिटिभ सर्किट हाराहारीमै बढ्यो ।  

*यसअघिको हेडलाइनमा परेको 'खराब' शब्द हटाएर 'कमजोर' राखिएको छ ।  

-सम्पादक

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.