सोमबार, श्रावण १८,२०८३ 02:28:37
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:28:37
Bizshala
Global IME Bank Limited

सुनको मूल्य एकैदिन ४२ डलरले बढ्यो, प्रतिऔंस ४ हजार डलरसम्म पुग्ने प्रक्षेपण

सुनको मूल्य एकैदिन ४२ डलरले बढ्यो, प्रतिऔंस ४ हजार डलरसम्म पुग्ने प्रक्षेपण
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३९ सय डलर नजिक पुगेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.१० प्रतिशत अर्थात ४२.१९ डलरले बढेसँगै सुनको मूल्य ३९ सय डलर आसपास पुगेको हो ।  

यो वृद्धिसँगै यतिबेला सुनको मूल्य प्रतिऔंस ३ हजार ८८६ डलरमा कारोबार भईरहेको छ । बेलायतको एचएसबीसी बैंकले निकट भविष्यमा सुनको मूल्य प्रतिऔंस ४ हजार डलरसम्म पुग्न सक्ने आँकलन गरेको छ । भू–राजनीतिक जोखिम, वित्तीय अनिश्चितता र अमेरिकी केन्द्रीय बैंकको स्वायत्ततामा बढेको जोखिमका कारण सुनको मूल्य उकालो लाग्ने एचएसबीसीले जनाएको छ ।  

यस्तै संस्थागत खरिदकर्ताबाट बढेको मागका कारण समेत सुनको मूल्यलाई बढावा मिल्ने जनाइएको छ ।  

अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य पनि बढेको छ । चाँदी १.४२ डलरले बढ्दै प्रतिऔंस ४७.९९ डलरमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.