सोमबार, श्रावण १८,२०८३ 02:06:53
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:06:53
Bizshala
Global IME Bank Limited

तिहारअघि अब ९ दिन मात्रै सेयर कारोबार, कस्तो रहला बजार ?

तिहारअघि अब ९ दिन मात्रै सेयर कारोबार, कस्तो रहला बजार ?
New Office

काठमाण्डौ । तिहार अघि अब जम्मा ९ दिन मात्रै सेयर कारोबार हुने भएको छ । दशैंको बिदापश्चात आइतबारबाट सेयरबजार खुल्ने तय भएकोमा सरकारले अविरल वर्षाका कारण निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै आइतबार र सोमबार सार्वजनिक बिदा दिएका कारण मंगलबारबाट सेयर बजार खुल्दैछ ।  

यो साता अब जम्मा तीन दिन सेयर कारोबार हुनेछ। त्यसैगरि, आगामी साता सेयर बजार पाँच दिन नै हुने छ भने त्यस पछिको साता एक दिन आइतबार सेयर कारोबार हुनेछ । तिहारको बिदापश्चात कार्तिक ९ गते मात्रै सेयरबजार खुल्नेछ । यस हिसाबले तिहार अघि जम्मा ९ दिन मात्रै सेयर कारोबार हुने भएको हो ।  

कस्तो रहला यो बीचमा सेयर बजार ?  

बिगतका वर्षहरुलाई नियाल्ने हो भने यो दशैं तिहारको बीचमा सेयरबजारमा ठूलो उथलपुथल भएको पाइदैन । लगानीकर्ताहरु फेस्टिभ मूडमा रहने हुँदा यो समयमा बजारमा खासै मुभमेन्ट देखिदैन । यो बीचमा खासै नीतिगत पिरवतर्न पनि हुने गर्दैनन् । यसपटक लगानीकर्ताहरु केही समय पहिले अर्थमन्त्रालयले बनाएको धितोपत्र बजार सुधार कार्यदलले दिएका सुझावमा बढी नै आशाबादी देखिन्छन् । जसको कार्यान्वयनका लागि दबाब दिन पनि लगानीकर्ताहरु छलफलमा जुट्दै छन् ।  

खासगरि नीतिगत रुपमा कार्यदलले दिएका सुझावहरु कार्यान्वयनका लागि मौद्रिक नीतिको त्रैमासिक समीक्षा नै आवश्यक देखिन्छ । जुन विषय नेपाल राष्ट बैंकले कहिले ल्याउँछ त्यसमा नै भर पर्ने गर्छ । चाडपर्वको बीचमा नियामक निकायले नीतिगत परिवर्तन कमै गर्ने गर्छन् ।  

नेप्से र सेबोनमा भाँडभैलो  

केही समय पहिले अर्थमन्त्रालयले धितोपत्र बोर्डका कर्मचारीहरुले खाँदै आएका केही सेवा सुविधा काटिदिए पछि बोर्डमा कर्मचारीहरु आन्दोलित छन् । त्यसैगरि नेप्सेमा पनि बोनसको विषयले सीईओलाई निषेधसम्मका कार्यक्रम चल्दै आएका छन् । हाल नेप्से र सेबोनमा भाँडभैलो नै चलेको छ ।  यस कारण अहिले नै लगानीकर्ताहरुको माग नियामकबाट तदारुकताका साथ सम्बोधन हुने सम्भवना कमै देखिन्छ ।  

कस्तो छ ब्रोकर हाउसहरुको माहोल ?

राजधानी लगायत मोफसलका ठूला ब्रोकर हाउसहरुमा दशैं अघि राम्रै माहोल देखिन्थ्यो । केही ब्रोकर तथा लगानीकर्ताहरुले यो बीचमा धितोपत्र बजार सुधार कार्यदलले दिएका सुझाव कार्यान्यवनमा जाने र सेयर बजारले फड्को मार्ने दाबी गरेको पनि सुनिन्छ । 

जुन विगतमा पनि सुनिने विषय नै हुन् । यस कारण यो ९ दिनमा सेयर बजारमा ठूलो उथलपुथल भन्दा पनि सामान्य हिसाबले नै सेयर कारोबार हुने सम्भावना बढी रहन्छ । तर लगानीकर्ताहरुले अपनाउने रणनीतिका आधारमा बजारको दिशा तय गर्नेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.