सोमबार, श्रावण १८,२०८३ 03:42:07
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:42:07
Bizshala
Global IME Bank Limited

सरकारसँग डराएर भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नचम्किनू: ओली

सरकारसँग डराएर भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नचम्किनू: ओली
New Office

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा वर्तमान सरकारसँग डराएर नभाग्ने बताएका छन् । आज भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।  

वर्तमान सरकार बलमिच्याइँले बनेको बताउँदै ओलीले आफूलाई पक्राउ गर्न पासपोर्ट रोक्ने, उपत्यका छोड्न रोक लगाउने जस्ता हर्कत भएको बताए ।  

यस्तै उनले वर्तमान सरकार नेपाली नभएको र सरकारले अरुको उद्देश्यअनुसार काम गरिहेको आरोप समेत लगाए । ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई समेत धेरै नचम्किन चेतावनी दिए । अर्याल गृहमन्त्री बनेपछि मात्रै उनको नाम आफूले थाहा पाएको समेत ओलीले टिप्पणी गरे ।  

‘‘गृहमन्त्रीबारे त मैले भएपछि मात्र थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु । राजनीति, देश चलाउने कुरा ख्याल ठट्टा होइन,’ उनले भने ।  यस्तै उनले असंवैधानिक तरिकाले संसद विघटन गरेको समेत बताए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.