सोमबार, श्रावण १८,२०८३ 03:40:35
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:40:35
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा उछाल,पुग्यो अहिलेसम्मकै उच्च विन्दुमा

सुनको मूल्यमा उछाल,पुग्यो अहिलेसम्मकै उच्च विन्दुमा
New Office

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य २.२३ प्रतिशत अर्थात प्रतिऔंस ४८.११ डलरले वृद्धि भएको हो । यससँगै सुनको मूल्य अन्तराष्ट्रिय बजार प्रतिऔंस २ हजार २०५.२४ डलर पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।  

सुनसँगै चाँदीको मूल्यमा पनि उछाल आएको छ । चाँदीको मूल्य प्रतिऔंस ३.२६ प्रतिशत अर्थात ०.८२ डलरले वृद्धि भएको छ । चाँदीको मूल्य प्रतिऔंस २५.७ डलर कायम भएको छ ।  

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ(फेड)ले यस वर्ष ब्याजदरमा ३ प्रतिशतसम्मको कटौती गर्ने सम्भावना उच्च रहेकाले सुनको मूल्यमा वृद्धि भएको हो । ब्याजदरमा कमी आउने सम्भावना उच्च भएपछि लगानीकर्ताले सुनको खरिद बढाएका छन् । खरिद चाप उच्च भएका कारण अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको हो । फेडको बुधबार बसेको बैठकले हालका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । तर फेडका प्रमुख जेरोमी एच पावेलले यस वर्ष ३ प्रतिशतसम्म ब्याजदर कटौती हुनसक्ने संकेत दिएका छन् । उनले कटौतीको मिति उल्लेख नगरेपनि अर्थतन्त्र कुन रुपमा अघि बढ्छ भन्ने कुरामा निर्भर रहने बताए ।  

फेडले बुधबार ब्याजदर ५.२५ देखि ५.५ प्रतिशत नै कायम गरेको छ । जुन २३ वर्षकै उच्च हो । अमेरिकामा मुद्रास्फिती उच्च रहेकाले यस वर्ष फेडले थुप्रै पटक  ब्याजदरमा कटौती गर्न सक्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.