काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ बढेको छ । आज अघिल्लो कारोबार दिनको तुलनामा सुन ३ हजार रुपैयाँले महङ्गिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
गत शुक्रबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ४० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार १२५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।