सोमबार, श्रावण १८,२०८३ 02:29:47
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:29:47
Bizshala
Global IME Bank Limited

सेबोनको तनाव मत्थर हुने अवस्थामा, लगानीकर्ताले तिहारसम्मको समयसीमा दिए

सेबोनको तनाव मत्थर हुने अवस्थामा, लगानीकर्ताले तिहारसम्मको समयसीमा दिए
New Office

काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डमा राति १० बजे पनि तनावको अवस्था जारी छ ।  

आज कारोबार सकिएलगत्तै केही लगानीकर्ता गएर धितोपत्र बोर्ड घेराउ गरेका थिए । सो क्रममा उनीहरुको बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग घम्साघम्सी परेको थियो । लगानीकर्ताहरुको दाबीअनुसार उनीहरुले सोहीबेलादेखि धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठलाई कार्यालयबाहिर जान दिएका थिएनन् । 

अध्यक्ष श्रेष्ठले आजै सञ्चालक समितिको बैठक समेत राखेका र त्यसका लागि त्यहाँ पुगेका सञ्चालकहरुलाई पनि लगानीकर्ताहरुले सेबोनको मूलगेटमै ताला लगाएर बाहिर निस्किन दिएका छैनन् ।  

लगानीकर्ताहरुले आफ्ना माग पूरा नभएसम्म धितोपत्र बोर्ड आफूहरुले पनि छाड्ने र अध्यक्ष, सञ्चालक र कर्मचारीलाई पनि घर जान नदिने अडानसहित धर्ना दिएका थिए । लगानीकर्ताहरुले आफ्ना माग पूरा नगरेसम्म बोर्ड नछाड्ने अडान लिएपछि सेबोनका अध्यक्ष तथा सञ्चालकहरुबीच छलफल भई केहीबेरअघि वक्तव्य जारी भएको छ । 

धितोपत्र बोर्डले जारी गरेको वक्तव्यमा अर्थमन्त्रीले गठन गरेका पूँजीबजार सुधार कार्यदलले सुझाएका सुझावहरुलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने प्रक्रिया सुरु भइसकेकोले त्यसलाई अझ तीव्रता दिने र लगानीकर्ताहरुको सुधार कार्यदलले सुझाएबाहेकका सुझावहरु कार्यान्वयनका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाइएको छ ।  

बोर्डले सार्वजनिक गरेको सो प्रतिबद्धता अपूरो रहेको भन्दै लगानीकर्ताहरुले केहीबेर होहल्ला गरेका थिए ।  

यसैबीच, लगानीकर्ताहरुले आफ्ना माग पूरा गराउनका लागि तिहारसम्मको समयसीमा समेत धितोपत्र बोर्डलाई दिएका छन् । तिहारसम्म पनि आफ्ना माग पूरा नभए आन्दोलनको आँधीबेहरी ल्याउने लगानीकर्ताको चेतावनी छ ।  

तर, केही लगानीकर्ताहरुले भने बोर्डको वक्तव्य गैरजिम्मेवारीपूर्ण रहेको भन्दै च्यातेका थिए ।  

अरु केही लगानीकर्ताहरुले भने तिहारसम्म बजार घटेर आफूहरुको लगानी खरानीको डल्लो हुने भन्दै बजार सोबेलासम्म बन्द गर्नुपर्ने माग गरेका थिए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.