काठमाण्डौ । सुनको मूल्य अल टाइम हाईमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ३.६५ प्रतिशत अर्थात १४६ डलरले बढेको हो ।
यससँगै सुनको कारोबार प्रतिऔंस ४ हजार १६४ डलरमा कारोबार भईरहेको छ । सुनको मूल्यले प्रतिऔंस ४१ सय डलरको आँकडा पार गरेको यो पहिलोपटक हो ।
अमेरिका र चीनबीच बढेको व्यापारिक तनाव र अमेरिकी केन्द्रीय बैंकले थप ब्याजदर कटौती गर्नसक्ने उच्च सम्भावनाका कारण सुनको मूल्यमा उछाल आएको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३.०५ डलरले बढेर प्रतिऔंस ५३.१३ डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।