काठमाण्डौ । स्थानिय बजारमा आज सुनको भाउले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज ४ सय रुपैयाँले बढ्दै सुनको भाउ नयाँ उचाईमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउमा ८ हजार १ सय रुपैयाँको बढोत्तरी आएको थियो ।
यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदीको. मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।