बुधबार, आश्विन २९,२०८२ 05:43:17
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 05:43:17
IME remit
Global IME Bank Limited

डोनाल्ड ट्रम्पको एक बयानले ७ मिनेटमा लगानीकर्ताको ४५० अर्ब डलर स्वाहा

Hyundai Nepal
डोनाल्ड ट्रम्पको एक बयानले ७ मिनेटमा लगानीकर्ताको ४५० अर्ब डलर स्वाहा
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मंगलबारको वक्तव्य लगानीकर्ताका लागि निकै महँगो सावित भएको छ । यो बयानका कारण लगानीकर्ताले ७ मिनेटमै ४५० अर्ब डलर गुमाएका छन् ।  

ट्रम्पले चीनले अमेरिकाबाट भटमास किन्न अस्वीकार गरेको र यसको जवाफमा खाना पकाउने तेल आफैं बनाउने बताएका थिए। यसले सेयर बजारमा ठूलो गिरावट आएको छ । एस एन्ड पी ग्लोबलको तथ्यांक अनुसार चीनले गत वर्ष २९ लाख ५१ लाख मेट्रिक टन खाना पकाउने तेल निर्यात गरेको थियो।  

त्यसमध्ये अमेरिकाको हिस्सा सबैभन्दा बढी १२ करोड ६७ लाख मेट्रिक टन तेल थियो ।

Shivam Cement
Bizshala
CG Motors

ट्रम्पले ट्रुथ सोशलमा चीनले जानाजानी अमेरिकी भटमास नकिनेको बताएका छन् । यसले अमेरिकी किसानहरूको लागि समस्या सिर्जना गरिरहेको ट्रम्पको भनाई छ। ‘हामी चीनसँगको व्यापार अन्त्य गर्ने सोचमा छौं,’ ट्रम्पले भने, ‘हामी सजिलै खाना पकाउने तेल बनाउन सक्छौं र हामीले यसलाई चीनबाट किन्न आवश्यक पर्दैन।’ ट्रम्पको यो भनाइले सेयर बजारमा अचानक गिरावट आएको छ । डाउ जोन्समा ६०० अंकको गिरावट आएको छ ।  

तर अमेरिकी व्यापार प्रतिनिधि ग्रीरले राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ताको समय तोकिएको बताए । जसका कारण सेयर बजार फेरि उकालो लागेको छ । चीन र अमेरिकाबीच लामो समयदेखि व्यापार युद्ध चलिरहेको छ ।

हालै ट्रम्पले चीनले अमेरिकाको कुरा सुनेन भने नोभेम्बरदेखि शतप्रतिशत अतिरिक्त कर लगाउने धम्की दिएका थिए । जवाफमा चीनले यो लडाई अन्त्यसम्म जारी रहने बताएको थियो ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.