बुधबार, आश्विन २९,२०८२ 09:12:51
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 09:12:51
IME remit
Global IME Bank Limited

साढे २ महिनादेखि सेयरबजार खसेको खस्यै, के को प्रतिक्षामा छन् लगानीकर्ता ?

Hyundai Nepal
साढे २ महिनादेखि सेयरबजार खसेको खस्यै, के को प्रतिक्षामा छन् लगानीकर्ता ?
Shivam Cement

काठमाण्डौ। नेपाली सेयर बजारमा पछिल्लो समय खासै आकर्षण देखिएको छैन । बजारमा बिस्तारै चमक हराउँदै गएको छ । सीडीएससीको तथ्यांकअनुसार ७१ लाख डीम्याट होल्डर रहेका छन् । अहिले अनलाइन प्रविधि भएपछि पूतलीसडकमा मात्रै सीमित भएको सेयरबजार नेपाली पुगेका संसारका कुना–कुनामा पुृगेको छ । विदेशबाट पनि सेयर कारोबार गर्नेहरुको जमात बढेको छ । खासगरि दक्षिण कोरिया तथा जापान लगायतका देशहरुबाट पनि नेपालीहरुले सेयर कारोबार गरको देखिन्छ । तर यतिबेला सेयर बजारले लगानीकर्ताहरुलाई निकै अत्याएको छ । हाल राष्ट्र बैंकको तथ्यांकअनुसार एक खर्ब ४५ अर्ब सेयर कर्जा पुगेको छ । जुन अघिल्लो बुलको भन्दा २० अर्बले बढी हो ।  

अहिले नियामक निकायका नीतिहरु पनि निकै नरम बन्दै गरेको देखिन्छ । राष्ट्र बैंकले एकपछि अर्को नीतिमा सहज गरेको छ । लगानीकर्ताहरुको माग अनुसार नै अहिलेसम्म लाग्दै आएको २५ कारोडको क्याप पनि हटेको छ । लगानीकर्ताहरुकै माग अनुसार केही समय पहिले लागू गरेको अन्तिम १५ मिनेटको भारित औषत गणना विधि पनि हटाएको छ ।  

नयाँ अर्थमन्त्री आएसँगै पूँजीबजार सुधारको लागि एक कार्यदलले सुझाव पनि पेश गरेको छ । ती सुझावहरु केही कार्यान्वयनमा पनि गएका छन् । केही सुझावहरु धितोपत्र बोर्डले तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएको छ ।  

अहिले इतिहासमा कै न्यून ब्याजदर , मूद्रास्फीति र तरलता रहेको छ । तर सेयर बजार साढे २ महिनादेखि ३ हजारको विन्दुबाट खसेको खस्यै छ । गत असार १३ गते ३ हजार विन्दु माथी टिकेको सेयर बजारमा २६ अर्ब ५७ करोडको सेयर कारोबार भएको थियो । तर त्यसपछि लगातार खसेको सेयर बजारमा आजसम्म आइपुग्दा नेप्से २५०५ विन्दुमा झरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यो भनेको बजार पछिल्लो उच्च विन्दुबाट १७ प्रतिशतले खसिसकेको छ । कारोबार जम्मा ३ अर्बमा सीमित भएको छ । यो  कारोबार भनेको गत असोज २९ गते पछि कै न्यून हो । त्यो समयमा कारोबार जम्मा ३ अर्ब ६ करोडमा सीमित भएको थियो । त्यसपछि आज सेयर कारोबार ३ अर्ब १० करोडममा सीमित भएको छ ।  

यसरी सेयर बजार र कारोबार निरन्तर घट्नुलाई सेयर बजारमा चमक हराँउदै गरेको विश्लेषकहरुको ठहर रहेको छ । केही विश्लेषकहरुले अहिले लगानीकर्ताहरु अस्थिर राजनीतिक अबस्थाले गर्दा सुन तथा चाँदीमा आकर्षित भएको अनुमान पनि गर्दै आएका छन् । प्रायः विश्वभर संसारमा हुने पनि यहि नै हो । जब–जब राजनीतिक तथा आर्थिक संकट गहिरिदै जान्छ लगानीकर्ताहरुको कमोडिटिज अर्थात सुन तथा तेलमा आकिर्षत हुने गर्छन । पछिल्लो समय नेपालको सेयर बजारमा पनि त्यही सम्भावना पनि नर्कान सकिदैन ।  

किनकी अहिले सेयरमा लगानी गर्नेहरु अधिकांश विदेशबाट कारोबार गर्नेहरु छन् ।  विदेशबाट कारोबार गर्नेहरु नेपालको सेयर बजारमा भविश्य नदेखेपछि त्यहाँकै बजार वा सुनमा आकर्षित भएका पनि हुन सक्छन् ।  

के प्रतिक्षा गरिरहेका छन् नेपालका लगानीकर्ताहरु ?

सबै माहोल सकारात्मक हुँदा–हुँदै पनि पछिल्लो समय नेपालमा जेनजीको आन्दोलनले साना तथा ठूला सबै लगानीकर्ताहरुलाई निकै झस्काएको छ । अन्य व्यापार व्यबसायमा पनि असर गरेको देखिन्छ । त्यसैगरि, बाढी पहिरोले जलविद्युत क्षेत्रलाई पनि असर गरेको छ । यसरी एकपछि अर्को आर्थिक तथा व्यापारिक क्षेत्रमा नोक्सान भएपछि त्यसको असर बीमा लगाएत अन्य सबै क्षेत्रमा परेको छ ।  

जसको वास्तविक क्षति कति भयो ? त्यसको असर कहिलेसम्म रहन्छ ? भन्ने लागनीकर्ताहरुमा अन्यौलता रहेको छ । यहि कारण पनि हाल सेयर बजारले गति लिन सकेको छैन । जानकारहरुका अनुसार अहिले लगानीकर्ताहरु राजनीतिक परिदृष्यकै प्रतिक्षामा छन् । सरकारले चुनावको मिति घोषणा गरको छ । तर सबै राजनीति दलहरुले अहिले नै चुनावमा जाने प्रतिबद्धता जनाइ हालेको अवस्था छैन । बजारमा केही ब्रोकरहरुले हाल घोषणा भएको चुनाव कुनै समयमा कमल थापाले घोषणा गरेको चुनाव जस्तै गरि राजनीतिक दलहरुले बहिष्कार गरेर अगाडी बढ्ने हुन कि भन्ने शंका पनि बजार देखिन्छ । यसकारण अहिले सेयर लगानीकर्ताहरुले राजनीतिक प्रष्ट दिशाको प्रतिक्षामा रहेको देखिन्छन् । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.